नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखमा हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखमा हुने


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । 

पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी सङ्गठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ-आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरूको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् । 

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली-१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली-२ बाट अरुणकुमार चौधरी र कैलाली-३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया-२ बाट  रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् । 

यसै गरी प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् । प्रतिनिधि सभामा समानुपातिक अन्तर्गत थ्रेसहोल्ड कटाउन नसकेपनि नागरिक उन्मुक्ति पार्टी प्रदेशसभामा सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशमा समेत समानुपातिक सांसद पद पाउने देखिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस