राजदूतहरु विकास बोर्डसँग सहकार्य गर्न आतुर छन् : भुवन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राजदूतहरु विकास बोर्डसँग सहकार्य गर्न आतुर छन् : भुवन


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले विभिन्न मुलुकका राजदूतसँग नेपाली फिल्म र सङ्गीत क्षेत्रबारे कुराकानी गरेका छन् ।

संयुक्त अरब इमिरेट्सको नेपाल मिसनको ५१ औँ राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा केसीले राजदूतसँग भेटघाट गरेका हुन् ।

अमेरिकी राजदूत डीन आर थोम्पसन, अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्क लगायत युरोपेली र मध्यपूर्वका राजदूतसँग उनले भलाकुसारी गरेको जनाइएको छ ।

भुवनले भने, ‘राजदूत तथा कूटनीतिज्ञसँगको भेटघाट रोचक रह्यो । उनीहरूले चलचित्र विकास बोर्डसँग सहकार्य गर्न आफूहरू आतुर रहेको बताए । नेपाली चलचित्र र सङ्गीतको लागि उहाँहरूको प्रतिबद्धता, समर्थन र उत्साहको लागि म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।’

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने प्रतिबद्धता दोहोर्‍याइरहेका अध्यक्ष केसीले उक्त भेटमा कूटनीतिक नियोगसँग सहकार्य गर्न सकिने सम्भावनाबारे पनि अनौपचारिक कुरा गरेको जनाइएको छ ।

साथै नेपाललाई विदेशी फिल्मको छायाङ्कन केन्द्रको रूपमा विकास गर्ने सरकारी योजनाको कार्यान्वयनबारे पनि केसीले प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस