मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस


१९ मंसिर २०७९, सोमबार


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे बापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।

ग्राहकले २ सय, ५ सय र एक हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले उक्त अफर उपलब्ध गराउने भएको हो।

२ सयको रिचार्ज कार्ड प्रयोग गर्दा एक दिन प्रयोग गर्न सकिने १ जीवी डाटा र ५ सयको रिचार्ज कार्ड प्रयोगमा ४ दिनसम्म प्रयोग गर्न सक्ने ४ जीवी टाढा उपलब्ध गराउने भएको छ।

यस्तै एक हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीवी डाटा बोनसस्वरुप उपलब्ध गराउने नेपाल टेलिकमले जानकारी दिएको छ।

यो अफर मंसिर २० गतेदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध गराइने छ।

Tags :
प्रतिक्रिया दिनुहोस