एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ नकटाउँदा गुमायो ४ सिट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ नकटाउँदा गुमायो ४ सिट


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । आम निर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा भएको छ ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएको छ । एकीकृत समाजवादीले उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने लगभग निश्चित भएको हो ।

सोमबार मध्याह्नसम्म उक्त पार्टीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत पाएको भए थ्रेसहोल्ड कटाएर उक्त पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो ।

थोरै मतान्तरले मात्र समानुपातिकमा ठुलो क्षति व्यहोर्ने दल बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस