लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको छ ।

माओवादीका स्थायी समिति सदस्य एवं रोल्पाको प्रदेशसभा क्षेत्र नं. १ बाट विजयी जोखबहादुर महराले लुम्बिनीको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

उनले पार्टीले आफूलाई मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने तयारी गरेको समेत दाबी गरे ।

निर्वाचनपछि काठमाडौँ पुगेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य उच्च तहका नेताहरूसँग छलफल गरेको भन्दै उनले यस्तो बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस