८ वटा पालिका अझैँ बजेटविहीन (सुचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

८ वटा पालिका अझैँ बजेटविहीन (सुचीसहित)


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । ७५१ स्थानीय तहमध्ये ८ वटा पालिका अझै बजेट विहीनको अवस्थामा छन् । मधेस प्रदेश अन्तर्गतका ७ वटा पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म पनि चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउन नसकेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, सिराहा, नगराइन नगरपालिका र कमला नगरपालिका, धनुषा, विष्णु गाउँपालिका, सर्लाही, बौधीमाई नगरपालिका, रौतहट र यमुनामाई गाउँपालिका, रौतहटले हालसम्म पनि वार्षिक बजेट पेस गर्न नसकेका हुन् ।

यस्तै, लुम्बिनी प्रदेशको नरैनापुर गाउँपालिका, बाँकेले समेत चालू आर्थिक वर्षको वार्षिक बजेट हालसम्म ल्याउन नसकेको मन्त्रालयले जनाएको छ । अन्य ५ वटा प्रदेशबाट भने सबै स्थानीय तहहरूले पूर्णरुपमा बजेट ल्याइसकेका छन् ।
संविधान अनुसार असार १० गतेभित्र नै स्थानीय तहले आफ्नो वार्षिक आय व्ययसहितको बजेट नगर वा पालिका सभामार्फत पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस