पुनः सुटिङ हुँदै छक्का पन्जा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुनः सुटिङ हुँदै छक्का पन्जा


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । दीपकराज गिरी तथा दीपाश्री निरौलाले बनाउने भनेको ‘छक्का पन्जा’ले आगामी फागुन १९ लाई रिलिज मिति घोषणा गरेको छ। तर यो फिल्म अझैँ छायाङ्कन अझैँ सकिएको छैन।

त्यसो त पहिलो चरणको छायाङ्कन सकेर सम्पादनमा रहेको फिल्मको केहिदिनमै पुनः सुटिङ गर्ने तयारी थालिएको छ। फिल्मको रिसुटलाई लिएर अनेक टिप्पणी भइरहँदा फिल्मका निर्माता दीपकराज गिरीले भने सामान्य कुरा रहेकाे बताएका छन्।

उनले सम्पादनका क्रममा चित्त नबुझेको दृश्य यस अघिका फिल्ममा पनि पुनः सुटिङ गरिएको बताएका छन्। गिरीकै लेखनमा रहेको यो फिल्मको निर्देशन हेमराज बिसीले गरेका छन्।

फिल्ममा दीपक–दीपाका साथमा केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारले अभिनय गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस