सीके राउत र बाबुराम भट्टराईबीच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सीके राउत र बाबुराम भट्टराईबीच भेटवार्ता


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबिच भेटवार्ता भएको छ।

पूर्व प्रधानमन्त्री भट्टराई र नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राउतबिच सोमबार भेटवार्ता भएको हो। भेटवार्ताको तस्बिर भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

उनले लेखेका छन्, ‘जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल ।’

उनले अगाडी लेखेका छन्, ‘मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औँला उठाउनेहरू आज गलत साबित भएकोमा खुसी ।’

Tags :
प्रतिक्रिया दिनुहोस