भारतीय पक्षले बन्द गर्‍यो दार्चुलामा नेपाल-भारत पुल, यस्तो छ कारण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय पक्षले बन्द गर्‍यो दार्चुलामा नेपाल-भारत पुल, यस्तो छ कारण


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । भारतीय पक्षले दार्चुलास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय पुलको नाका बन्द गरेको छ।

महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबिच ढुङ्गा हानाहान भएपछि सोमबार भारतीय पक्षले पुल बन्द गरेका हुन। महाकाली नदीको यो पुल भएर नेपाल-भारत ओहोरदोहोर गर्ने गरिन्छ।

भारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानैदेखि महाकाली नदीमाथिको पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भारतीय पक्षले पुलमा आवतजावत गर्न दिएको छैन।

महाकाली नदीमा भारतले एकतर्फी ढङ्गले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकले आइतबार विरोध गरेका थिए। उनीहरूले पुल समेत बन्द गरेका थिए।

यात्रुहरू अलपत्र परेपछि बेलुका प्रहरीले सामान्य बल प्रयोग गरेर पुल खोलेको थियो। सोमबार (आज) फेरि भारतीय पक्षले पुल बन्द गरेका हुन।

भारतीय नागरिकले बन्द गराएको पुल खुलाउन प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। पुल बन्द हुँदा महाकाली वारि–पारी यात्रुहरू रोकिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस