माया हत्याका अभियुक्त सशस्त्र जवानलाई लगियो बैतडी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माया हत्याका अभियुक्त सशस्त्र जवानलाई लगियो बैतडी


१९ मंसिर २०७९, सोमबार


बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ बर्षीया माया लुहार हत्याका आरोपी सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई बैतडी पुर्‍याइएको छ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हत्या आरोपी कोलीलाई राति बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

म्यादी थप गरेर कोलीमाथि अनुसन्धान अगाडि बढाइने बताइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा कोली विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ।

माया गत मङ्गलवार घरबाट लुगा सिलाउनका लागि पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएकी थिइन्। अर्को दिन घाँटी रेटेर हत्या गरिएको अवस्थामा मायाको शव भेटिएको थियो।

सम्बन्धित समाचार : म्यादी प्रहरी मायाको हत्यामा संलग्न आरोपमा सशस्त्रका जवान पक्राउ
सम्बन्धित समाचार : माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवानलाई बैतडी लैजाने तयारी 

Tags :
प्रतिक्रिया दिनुहोस