दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । दोलखाको एकमात्र प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

कार्कीले एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १७ को मतान्तरमा हराउँदै विजयी भएका हुन् । कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४८२ मत ल्याएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १६४ जिल्लाको मत परिणाम आइसक्दा दोलखाको मात्रै आउन बाँकी थियो ।

अन्तिम परिणाम आएसँगै माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १८ स्थानमा जित हासिल गरेको छ ।मंसिर ४ गते भएको निर्वाचनमा दोलखाका केही मतदान केन्द्रमा गठबन्धनले बुथ कब्जा गरेपछि १० मतदान केन्द्रमा मंसिर १५ गते पुनस् निर्वाचन भएको थियो ।

दोलखाको दुई प्रदेश सभा मध्ये प्रदेश सभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेश सभा २ मा एमालेका भरत केसी निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस