यस्तो छ ढुङ्गा-गिट्टी-बालुवा निर्यात रोक्ने सर्वोच्चको आदेश [पूर्ण पाठसहित] « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यस्तो छ ढुङ्गा-गिट्टी-बालुवा निर्यात रोक्ने सर्वोच्चको आदेश [पूर्ण पाठसहित]


१९ मंसिर २०७९, सोमबार


high court

काठमाडौँ । व्यापार घाटा देखाएर प्रकृतिको अनियन्त्रित दोहन गर्न नपाउने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । व्यापार घाटा बढ्नुको कारक तत्त्व पहिचान गरी न्यूनीकरणको सम्भावनाबारे बृहत् अनुसन्धान गर्नुपर्ने र जैविक विविधताको दिगो उपयोग तथा नवीकरणीय ऊर्जाको विकासमार्फत घाटा पूर्तितर्फ लाग्नुपर्नेमा जोड दिएको सर्वोच्चले कानुनहरूले व्यापार घाटाको पूर्ति गर्ने नाममा प्राकृतिक सम्पदाउपर प्रहार गर्ने वा लुट मच्चाउने कार्यलाई छुट नदिएको जनाएको छ । 

व्यापार घाटा न्यूनीकरण गर्न भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले वार्षिक बजेटमार्फत खानीजन्य ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने नीति अघि सारेको थियो । उक्त व्यवस्था कार्यान्वयनले चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवाको अनियन्त्रित दोहन र निकासी तीव्र गतिमा हुने तथा तराई मधेसका कृषियोग्य भूमि मरुभूमिमा परिणत हुने भन्दै परेका रिटमाथि सर्वोच्चले गरेको फैसलाको हालै सार्वजनिक पूर्ण पाठ सार्वजनिक भएको हो । 

पूर्ण पाठ

Tags :
प्रतिक्रिया दिनुहोस