सत्ता गठबन्धनको बैठक आज बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सत्ता गठबन्धनको बैठक आज बस्दै


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ।

नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले आज सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए। दिउँसो ३ बजे बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने गुरुङको भनाइ छ।

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ ।

त्यस्तै, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । प्रदेश सभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस