मुन्धुमले सदियौँदेखि मानव सभ्यता चिनाएको छ : उपराष्ट्रपति पुन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुन्धुमले सदियौँदेखि मानव सभ्यता चिनाएको छ : उपराष्ट्रपति पुन


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुन्धुम र किरात धर्म-संस्कृतिले सदियौँदेखि मानव सभ्यता चिनाउँदै आएको बताएका छन् ।

इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औँ जन्मोत्सवको उद्घाटन गर्दै उनले किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभई सिङ्गो नेपालीको उत्कृष्ट सम्पदा भएकाले यसमा गौरव गर्न नेपालीमा आग्रह गरे ।

“विविधताबीचको एकता नै नेपालीको मुख्य पहिचान हो”, उनले भने, “नेपाल बहुजातीय, बहुभाषिक, बहुुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालमा जातीय विविधता, भाषिक, सांस्कृतिक विविधता छ, सहिष्णुता छ ।” उनले इलाम प्रकृति र संस्कृतिको धनी जिल्ला भएको बताए । उपराष्ट्रपति पुनले भने, “यो ठाउँ प्राकृतिक  रूपमा मनोरम र सांस्कृतिक रूपमा समृद्ध छ । आदिमकालदेखि किराँतीको बसोबास भएको यो ठाउँ धर्म, भाषा, लिपि, संस्कृति र सभ्यतामा समृद्ध छ ।”

किरात धर्मगुरुका प्रगतिशील धारणाबारे खुलेर प्रशंसा गरेका उनले शान्ति अहिंसा, शिक्षाजस्ता उपदेश आज पनि व्यावहारिक रहेको बताए । “मुन्धुम सबै नेपालीको जीवन दर्शन हो । परम्परागत र मौखिक रूपमा रहेको मुन्धुमलाई परिष्कृत गर्दै अघि बढाउन फाल्गुनन्दको खास योगदान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस