कोटेश्वर पुगेर घनश्याम भुसालले भेटे माधव नेपाललाई, के भयो छलफल ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोटेश्वर पुगेर घनश्याम भुसालले भेटे माधव नेपाललाई, के भयो छलफल ?


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । एमाले परित्याग गरेका नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपालसँग कुराकानी गरेका हुन्। नेकपाको अन्तरसंघर्ष र त्यसअघिदेखि माधव नेपाल समूहमा रहेका भुसाल १० बुँदे सम्झौता गरेर एमालेमै रहेका थिए।

नेपालले पार्टी विभाजनका क्रममा साथ दिन जोड गरे पनि उनी एमालेमै रहने निर्णयमा पुगे। मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिए पनि पराजित भए।

चुनावी परिणाम सार्वजनिक भएलगत्तै अध्यक्ष नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाल स्रोतका अनुसार दुई नेताबीच भावी राजनीतिक यात्राबारे कुराकानी भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस