निमावि तह सामाजिक शिक्षकको नतिजा सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निमावि तह सामाजिक शिक्षकको नतिजा सार्वजनिक


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको सामाजिक विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश गरी तीन वटै प्रदेशको नतिजा सार्वजनिक गरेको छ।

आयोगले गण्डकी प्रदेशका लागि ७६ जना सामाजिक विषय शिक्षकको रिक्त दरबन्दीका लागि विज्ञापन गरेको थियो । नतिजा अनुसार आयोगले सञ्चालन गरेको लिखित परीक्षाबाट १०२ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

लुम्बिनी प्रदेशको लागि ३७ रिक्त दरबन्दीको लागि लिएको लिखित परीक्षामा ५६ जना र सुदूरपश्चिम प्रदेशमा ४२ रिक्त दरबन्दीका लागि ६१ जना परीक्षार्थी अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस