प्रहरी महानिरीक्षक सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी महानिरीक्षक सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच छलफल


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बाँकेका पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गरेका छन् । 

प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततिहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने र पूर्व प्रहरी कर्मचारीहरूको हकहितको लागि सङ्गठनबाट सक्दो सहयोग हुने प्रतिबद्धता लगायतका विषयमा छलफल गरेका हुन् ।  

पूर्व प्रहरी सङ्गठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्व प्रहरी निरीक्षक गङ्गाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित पूर्व प्रहरी कर्मचारीहरूले आ-आफ्ना जिज्ञासा राखेका थिए । 

उक्त अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जका प्रमुख लगायतका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस