सचिवविहीन २ मन्त्रालय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सचिवविहीन २ मन्त्रालय


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । सरकारका दुई मन्त्रालय सचिवविहीन भएका छन् । शहरी विकास मन्त्रालयबाट सेवा हद लागेर रमेश सिंह र वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल घर फर्किएसँगै दुई प्राविधिक सचिव पद रिक्त छ ।

सिंह गत मंसिर ५ मा पाँच वर्ष सेवा हद लागेर घर फर्किएसँगै अहिले सह सचिव पदम मैनालीले निमित्त सचिवको जिम्मेवारी बहन गरिरहेका छन् । यस्तै वन तथा वातावरण मन्त्रालयका सचिवका रूपमा कार्यरत पेमनारायण कँडेल गत १२ गतेबाट घर फर्किएका छन् ।

अहिले यी दुवै मन्त्रालय निमित्त सचिवको भरमा चलिरहेका छन् । प्राविधिकतर्फको सचिव पद रिक्त भएको दुई हप्ता बित्न लाग्दा पनि बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन ।

जारी निर्वाचन आचारसंहिता र लोकसेवा आयोगका अध्यक्ष विदेश भ्रमणमा रहेका कारण सचिव बढुवा सिफारिस प्रभावित बन्न पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस