बाजुराबाट प्रदेशसभाका लागि एकीकृत समाजवादीका शाही निर्वाचित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुराबाट प्रदेशसभाका लागि एकीकृत समाजवादीका शाही निर्वाचित


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ ।  बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् ।

शनिबार अपराह्न सार्वजनिक मत परिणाम अनुसार शाहीले १० हजार ९७३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार ६३२ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले १ हजार ९८ मत पाए । 

शाही एकीकृत समाजवादीको युवा सङ्गठन युवा सङ्घका अध्यक्ष हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस