सोनसिकको विशेष शैक्षिक सम्मेलन  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सोनसिकको विशेष शैक्षिक सम्मेलन 


१७ मंसिर २०७९, शनिबार


थेगु, दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली विद्यार्थी समाज, कोरिया(सोनसिक) ले दुई दिने विशेष शैक्षिक सम्मेलन सम्पन्न गरेको छ । खेम्यङ्ग युनिभर्सिटी अन्तर्गत आइएलआईपीएस इन्स्टिच्युटको ५०औँ वार्षिकोत्सव पारेर सोनसिक र आइएलआईपीएसद्वारा संयुक्त रूपमा आयोजित गत नोभेम्बर २६ र २७ तारिखमा कोरियाको थेगु स्थित खेम्यङ्ग युनिभर्सिटीमा सम्पन्न भएको हो । सम्मेलनको उद्घाटन कोरियाका लागि नेपाली राजदुत प्रा डा ज्योति प्याकुरेलले गरेकी थिइन् ।

एकेडेमियाको यात्रा: विविध विधामा अनुसन्धानका समकालीन प्रबृत्तिहरुको अन्वेषण’ विषयक उक्त सम्मेलनमा अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेल, डा. अग्नी कोइराला, डा. सृजना ज्ञवाली र प्रा डा एन्जेलिटा क्रुजले आफ्नो प्रस्तुति राखेका थिए । सम्मेलनमा कार्यक्रममा आइएलआइपीएस कि अध्यक्ष नयोङ आह वैज्ञानिक समितिका अध्यक्षहरू डा. अग्निराज कोइराला र डा. मधु सुदन अत्तरेय, वैज्ञानिक समितिका सदस्यहरू डा. इन्दिरा तिवारी, डा. प्रकाश देवकोटा, डा. केशव थापा, डा. सृजना ज्ञवाली, डा. रामहरि दाहाल, डा. प्रदीप अधिकारी र डा. गणश्याम ज्ञवाली लगायतको सहभागिता रहेको सोनसिकले जनाएको छ । 

कोरियामा रहेर विभिन्न विधा र सङ्कायहरूमा विद्धता हाँसिल गरेका व्यक्तिहरू माझ अन्तर्क्रिया गराई विज्ञता आदान प्रदान गर्ने प्लेटफार्म निर्माण गर्दै आएको सोनसिकले यसपालि पनि ईन्जिनियरीङ्, आइटी, प्राकृतिक विज्ञान, मेडिकल, समाज शास्त्र लगायत विधालाई समेटेको सोनसिकका अध्यक्ष मनीष पाण्डेले जानकारी दिए ।

कार्यक्रममा कोरिया तथा विदेशका विभिन्न सङ्घसंस्था तथा विश्वविद्यालयका वैज्ञानिक, अनुसन्धानकर्ता, विद्वान तथा विभिन्न विधाका विद्यार्थीहरूको सहभागिता रहेको थियो । विभिन्न विधा अनुसार छुट्टाछुट्टै शैक्षिक सत्र चलेको र सम्बन्धित विधाका बरिष्ठहरुलाई उक्त सत्रको नेतृत्व दिइएको र हरेक विधामा हाल सम्म भइरहेका विभिन्न अनुसन्धानहरूलाई मौखिक तथा पोस्टर गरी ७० भन्दा बढी प्रस्तुतिहरू भएको उक्त सम्मेलनका संयोजक मनोज कुमारले बताए । 

कार्यक्रमलाई सहायक प्राध्यापक डा. सिद्धार्थ विक्रम पाण्डे र विक्रम खड्काले सहजीकरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस