नेपाल र खड्काबिच भेटवार्ता, यस्तो भयो छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल र खड्काबिच भेटवार्ता, यस्तो भयो छलफल


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका छन् । दुई नेताबिच संसदीय निर्वाचनको समीक्षासमेत भएको थियो ।

उपसभापति खड्काको सचिवालयका अनुसार दुई नेताबिच वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरू दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने छलफल भएको छ ।

गठबन्धनको सरकार बनाउने विषयमा अध्यक्ष नेपालसँग सकारात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस