४० किलो गाँजासहित एक जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

४० किलो गाँजासहित एक जना पक्राउ


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल बिओपी बेनौलीले लागू औषध गाँजा सहित शुक्रवार राती एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पचरौता नगरपालिका ३ बेनौलीका जियालाल पटेल रहेका छन् ।

सशस्त्र प्रहरी बलले भरियालाई प्रयोग गरेर तस्कर समूहले भारत तर्फ लागु औषध गाँज लैजान लागेको भन्ने जानकारीको आधारमा गाँजा सहित पटेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका पटेल समूहले ४० किलो लागु औषध गाँजालाई १०र१० किलोको चार वटा प्याकेट बनाएर टाउकोमा बोकी भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

गाँजा सहित पक्राउ परेको पटेललाई थप कारबाही गर्नका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस