काठमाडौँ । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।
निर्वाचित भएपछि शनिबार काठमाडौँ आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठुला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।
आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठुला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए ।
‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठुलठुला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भने पनि कठघरामा उभ्याउनेछु ।’