माओवादी पदाधिकारी बैठक बस्दै, छलफलका लागि दुई एजेन्डा तय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी पदाधिकारी बैठक बस्दै, छलफलका लागि दुई एजेन्डा तय


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठक बस्न लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक बस्न लागेको पदाधिकारीको बैठकमा दुई एजेन्डा तय गरिएको बताइएको छ ।

निर्वाचन समीक्षा र सरकार गठनका बारेमा छलफल गर्न पदाधिकारीको बैठक बस्न लागेको बताएकाे छ । काँग्रेससहित पाँच दल मिलेर प्रतिनिधिसभा निर्वाचनमा गएको अवस्थामा पार्टी र गठबन्धनलाई प्राप्त परिणाम र आगामी दिनमा कसरी जाने भन्नेबारेमा छलफल हुने उनको भनाइ थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव तथा पार्टी केन्द्रीय सदस्य रमेश मल्लले चुनावको प्रारम्भिक समीक्षा र आगामी रणनीतिबारे छलफल हुने बताए । अध्यक्ष दाहालले आगामी रणनीतिबारे पदाधिकारीबाट सुझाव लिनका लागि बैठक बोलाइएको मल्लले जानकारी दिए । माओवादीले शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो ।

माओवादीका २१ जना पदाधिकारी छन् । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव रहेका देवप्रसाद गुरुङ पराजित भएका छन् । त्यस्तै, उपमहासचिवहरू पम्फा भुसाल, गिरिराजमणि पोखरेल र मातृका यादव पनि पराजित भएका छन् ।

सचिव चक्रपाणि खनाल पनि पराजित भएका छन् । यो निर्वाचनमा माओवादीका १७ सांसद मात्रै प्रत्यक्षबाट निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस