उकेरा डटकमको समाचार अनधिकृत रूपमा हटाइएको प्रति महासङ्घकाे आपत्ति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उकेरा डटकमको समाचार अनधिकृत रूपमा हटाइएको प्रति महासङ्घकाे आपत्ति


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घले उकेरा डटकमको सिएमएसमा प्रवेश गरी त्यहाँ प्रकाशित सामाग्री हटाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पाथसिड नेपाल प्रालिले सञ्चालन गरेको उकेरा डटकमले परराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दीपेश पुनको सहकारी र स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी समाचार लेखेको थियो । तर सो अनलाइनको सिएमएसमा प्रवेश गरी ती सामाग्री हटाएर अन्य समाचारहरू पोस्ट भएको थियो ।

महासङ्घले प्रकाशित समाचारमाथि चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने र अदालतसम्म जाने विकल्प हुँदा–हुँदै प्रविधिको दुरुपयोग गरी सिएमएसमा प्रवेश गरी प्रकाशित समाचार हटाउने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुग्नुका साथै साइवरसम्बन्धी कानुनको समेत गम्भीर उल्लङ्घन भएको जनाएको छ ।

महासंघका सचिव पवन आचार्यले प्रेस स्वतन्त्रताविरोधी सो कार्यको कडा विरोध र भर्त्सना गरेका छन्। महासंघले कानुनविपरीत यस्ता कार्य गर्नेमाथि छानबिन गरी कारबाही गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन समेत आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस