शिक्षा प्रमुख पुन : तानिए नागरिकता किर्ते मुद्दामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

शिक्षा प्रमुख पुन : तानिए नागरिकता किर्ते मुद्दामा


१७ मंसिर २०७९, शनिबार


धनुषा । धनुषाको शहीद नगर नगरपालिकाका शिक्षा प्रमुख रहेका विश्वनाथ यादव सरकारी कागज किर्ते मुद्दामा पुनः तानिएका छन् ।

सिडिओ कार्यालयमा बिचौलियाको काम गर्दै आएको बेला भारतीय नागरिकहरूलाई नागरिकता बनाएको, सरकारी कागज किर्ते गरी नागरिकता बनाएको आरोपमा मुद्दा दायर भएपछि उनी फरार रहेका थिए ।

एक वर्षभन्दा अधिक फरार रहेका विश्वनाथ यादव अहिले शहीद नगर नगरपालिकाको शिक्षा प्रमुख पदमा कार्यरत रहेका छन् । जिल्ला अदालत धनुषाले उनलाई सो मुद्दामा सफाइ दिए पनि उच्च अदालत जनकपुरले उनले सफाइ पाउनुपर्ने आधार नदेखिएको भन्दै मुद्दा पुनः खोलिएको हो ।

बालाबाखर कुम्भकरणस्थित रहेको प्राथमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) समेत रहेका यादवमाथि नेपाल सरकार बादी बन्दै पुनरावेदन गरेको थियो ।

एक वर्षभन्दा अधिक समयदेखि फरार भएका शिक्षा प्रमुख यादव अदालतले सफाइ दिएपछि मात्र उनी घर फर्केका थिए । नियम कानुनले नागरिकता पाउन नहुने नागरिकलाई नागरिकता बनाएको, भारतीय नागरिकलाई नागरिकताको रेकर्ड किर्ते गरी कायम गरेको आरोपसहित उनीमाथि मुद्दा दायर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस