‘भाजपाले चुनावी फाइदाको लागि मेरो बयानको दुरुपयोग गरिरहेको छ’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘भाजपाले चुनावी फाइदाको लागि मेरो बयानको दुरुपयोग गरिरहेको छ’


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । भारतीय काँग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले भारतीय जनता पार्टीले चुनावी फाइदाको लागि आफ्नो बयानको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

खडगेले भने, ‘उनीहरू यसको दुरुपयोग चुनावी फाइदाका लागि गरिरहेका छन्। हाम्रो लागि राजनीतिको मतलब व्यक्तिवाद होइन। यो नीतिको बारेमा हो। उनीहरू यसलाई केवल एक व्यक्तिसँग जोडेर देखिरहेका छन्, जुन कुरा जता पनि छ।’

यसभन्दा पहिला गुजरातमा एक र्‍यालीका दौरान अध्यक्ष खडगेले प्रधानमन्त्री मोदीको तुलना रावणसँग गरेका थिए।

‘प्रधानमन्त्री बोल्छन् कि अरू कसैलाई देखेर भोट नदेऊ। मोदीलाई देखेर भोट देऊ। कति पटक तिम्रो अनुहार हेर्नु ? कर्पोरेसनमा पनि तिम्रो अनुहार देख्नुपर्छ। विधानसभा चुनाव, संसदीय चुनावमा पनि देख्नुछ। के तपाईंको रावणको जस्तो सय मुख छन् ? मैले बुझ्न सकेको छैन’, कांँग्रेस अध्यक्ष खडगेले आफ्नो भाषणमा भनेका थिए।

भाजपाले खडगेको यस बयानलाई लिएर अनुचित बताउँदै गुजरातमा उभिएर यस्तो गर्नु ठीक नभएको जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस