दोलखामा मतगणना : अहिलेसम्म कसले कति मत प्राप्त गरे ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दोलखामा मतगणना : अहिलेसम्म कसले कति मत प्राप्त गरे ?


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । २१ हजार ५४१ मतगणना हुँदा कार्कीले १० हजार ६० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ८ हजार ९६५ मत प्राप्त गरेका छन् । ८२८ मत बदर भएको छ ।

त्यस्तै, प्रदेशसभा १ मा भने कांग्रेसका कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । १७ हजार ९६८ मतगणना हुँदा काफ्लेले ८ हजार ४७२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले ७ हजार ३७२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ५४८ मत बदर भएको छ ।

प्रदेशसभा २ कांग्रेसका बर्मा लामाले अग्रता कायम राखेका छन् । २२ हजार ४१० मतगणना गर्दा लामाले १० हजार ४७२ मत प्राप्त गरेका छन् भने एमालेका भरत केसी ९ हजार ८०३ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ७७७ मत बदर भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस