कस्तो रहनेछ आजको मौसम ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कस्तो रहनेछ आजको मौसम ?


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

तराई  भू-भागमा हुस्सु-कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ । आइतबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस