पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो । रोमाञ्चक खेलमा सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो ।

खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २-१ को जित दिलाए । यस जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

कोरियाले ३ खेलमा ४ अंक जोड्यो । हारको बाबजुद पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस