चीन गए माओवादी उपमहासचिव वर्षमान पुन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीन गए माओवादी उपमहासचिव वर्षमान पुन


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन गएका छन् । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार साँझ फ्लाई दुबइको उडानबाट चीन गएका हुन् ।

पुन चुनावअघि नै जान खोजेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनी चुनावी समेत धेरै सक्रिय हुन सकेको थिएनन् । तर एकातिर रोल्पामा सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवार परेको र चीनमा लकडाउनका कारण लामो समय क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले गएनन् ।

शुक्रबार पत्नी ओनसरी घर्ती र छोरी शिलासँगै गएका छन् । चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले दुबई, ग्वान्झाओ हुँदै चीनको सेन्जेन जानेछन् ।

नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ । एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।

पुनलाई भेटेका नेताहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ । चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा (बिलरुबिन) अत्यधिक बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस