दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, एमालेका सिवाकोटीले घटाए मतान्तर  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, एमालेका सिवाकोटीले घटाए मतान्तर 


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ ११८२९ मतगणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै छ । कार्कीले ५ हजार ६३४ मत ल्याउँदा एमालेका बालकृष्ण सिवाकोटीले ४ हजार ७८७ मत ल्याएका छन् ।

सिवाकोटीले अहिले मतान्तर घटाउँदै लगेका छन् । यसअघि कार्कीले ५ हजार ४३४ मत ल्याउँदा सिवाकोटीले ३ हजार ८८९ मत प्राप्त गरी १ हजार ५४५ मतान्तर रहेको थियो । अहिले कार्की र सिवाकोटीले प्राप्त गरेको मतान्तर ८४७ मात्रै रहेको छ भने ४४९ मत बदर भएको छ ।

त्यस्तै प्रदेशसभा १ मा ९ हजार ३४६ मतगणना गर्दा काँग्रेसका कुन्दन काफ्लेको अग्रता कायमै रहेको छ । काफ्लेले ५ हजार ५ मत प्राप्त गर्दा एमालेका नरबहादुर श्रेष्ठले ३ हजार ३६० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा २८० मत बदर भएको छ ।

यता प्रदेशसभा २ मा काँग्रेसका बर्मा लामाले अग्रता कायमै राखेका छन्  । लामाले ५ हजार ३६३ मत प्राप्त गर्दा एमालेका भरत केसीले ५ हजार १७५ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३५४ मत बदर भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस