सञ्चार मन्त्रालय ९५ प्रतिशत डिजिटल भइसक्यो : सचिव डा.अर्याल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सञ्चार मन्त्रालय ९५ प्रतिशत डिजिटल भइसक्यो : सचिव डा.अर्याल


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आफ्नो मन्त्रालय ९५ प्रतिशत डिजिटल भएको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले कागजमा टिप्पणी उठाउन छोडेको बताए ।

‘मेरो मन्त्रालय ९५ प्रतिशत डिजिटल भएको छ । यस मन्त्रालय अन्तर्गतका विभागसहित ६ वटा कार्यालयमा हामीले डिजिटल बनाएका छौँ,’ उनले भने । 

पेन र पेपरमा जाने रकम ३७ प्रतिशतले कमी आएको पनि उनले बताए । 

त्यस्तै, १५ वटा कार्यालयमा कार्यान्वयनको चरणमा रहेको पनि उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस