स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण आवेदन खुला  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण आवेदन खुला 


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण खुला गरेको छ । 

वैदेशिक रोजगार ऐनको दफा ७२ अनुसार आगामी पुस मसान्तसम्म सूचीकरण नवीकरणको लागि आवेदन दिन अनुरोध गरेको छ । 

वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने संस्था पुस मसान्तभित्र नवीकरण गराई सक्नुपर्ने प्रावधान छ । सोही आधारमा नवीकरणका लागि आवेदन दिन अनुरोध गरेको हो । मन्त्रालयले गत वर्ष २१६ स्वास्थ्य संस्थाको नवीकरण गरेको थियो । 

नवीकरणका लागि निवेदन दिँदा साथमा वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ हजार रुपैयाँ दस्तुर समेत बुझाउन भनिएको छ । 

त्यस्तै गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, स्वास्थ्य मन्त्रालय वा अन्तर्गत संस्था सञ्चालनको अनुमतिपत्रको प्रमाणपत्र र त्यसको नवीकरणको प्रतिलिपि तथा नाम, स्वामित्व र ठेगाना परिवर्तन भएको भए त्यसको प्रतिलिपि पेस गर्न भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस