खाद्य कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत फेला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खाद्य कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत फेला


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारले प्रशासनलाई बताए।

सुनुवारका अनुसार मृतक घिमिरेका परिवार घटनास्थल पुगिसकेका छन् भने मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लैजाने तयारी गरिएको छ ।

बाग्लुङ घर भएका घिमिरे डेढ महिना अघि मात्रै सरुवा भएर काभ्रे गएका थिए । उनको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस