कर्मचारीनहुँदा सेवाग्राही मर्कामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीनहुँदा सेवाग्राही मर्कामा


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुर्खेतमा कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ। कार्यालय समयमा कर्मचारी उपस्थित नहुँदा सास्ती खेप्नुपरेको हो। 

कार्यालय प्रमुख आनन्द चपाईले कार्यालयमा सम्बन्धित फाँटका कर्मचारी नभएको स्वीकार गरेका छन्। उनले सवारी चालक अनुमति पत्रको परीक्षा भइरहेको हुँदा कार्यालयमा कर्मचारी नभएको बताए। 

यद्यपि, कार्यालयका कर्मचारी परीक्षामा भएकोले सेवा प्रवाह सम्बन्धी सूचना सार्वजनिक गरिनुपर्ने थियो। तर, कार्यालयमा कुैनपनि सूचना नटाँसिएको सेवाग्राहीले बताए। कार्यालय प्रमुख चपाईका अनुसार कार्यालयमा ८ जनामात्रै कर्मचारी कार्यरत छन्।

यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत सेवाग्राही गुनासोलाई हलुका रूपमा लिएको उनीहरूको गुनासो छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ खगेन्द्र बहादुर मल्ले सेवाग्राहीको जानकारी आएपछि कार्यालय प्रमुखलाई जिम्मेवार हुन भनिसकिएको दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस