रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई प्रशासनको पत्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई प्रशासनको पत्र


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले प्रहरी परिसर काठमाडौँलाई अनुसन्धान गर्न पत्राचार गरेको हो ।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिए । 

निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो । 

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस