प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठकसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पाठकसहित गाउँपालिका अध्यक्ष विक्रम यादव, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकरप्रसाद कुसवाहाविरुद्ध विशेष अदालतमा काठमाडौँमा शुक्रबार मुद्दा दर्ता गरिएको हो । 

आयोगले चक्रघट्टा गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा वहिदको जग्गादेखि ढुङ्ग्रा खोलासम्म पक्की नाला निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई तीन लाख ४१ हजार पाँच सय ४४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरेको हो ।

तत्कालीन अध्यक्ष यादव, वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्यहरू विजयकुमार चौधरी र विनोद साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत पाठक, इन्जिनियर अजय यादव, सवइन्जिनियर जितेन्द्र यादव, र उपभोक्ता समितिका अध्यक्षसमेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२०) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस