पुल र सुरुङ डिजाइन गर्न फास्ट ट्र्याकले माग्यो ४ इन्जिनियर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पुल र सुरुङ डिजाइन गर्न फास्ट ट्र्याकले माग्यो ४ इन्जिनियर


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाली सेनाले काठमाडौँ-तराई द्रुतमार्गमा ४ जना इन्जिनियरको आवेदन माग गरेको छ । जङ्गी अड्डाले करार सेवामा विभिन्न पदका लागि ४ जना इन्जिनियरको आवेदन माग गरेको हो ।

द्रुतमार्गका लागि चाहिने हाइवे इन्जिनियर, पुल डिजाइन इन्जिनियर र टनेल इन्जिनियर माग गरेको छ । आयोजनाका लागि १ जना इन्जिनियर माग गरेको छ । यो पदका लागि हाइवे ट्रान्सपोर्टेसन इन्जिनियरिङमा मास्टर गरेकाले मात्रै आवेदन गर्न पाउनेछन् । यस्तै, कम्तिमा ७ वर्ष काम गरेको अनुभव समेत आवश्यक पर्ने बताइएको छ ।

यस्तै, आयोजनाले २ जना पुल डिजाइन इन्जिनियर माग गरेको छ । पुल डिजाइन इन्जिनियरमा मास्टर्स गरेको इच्छुक व्यक्तिले आवेदन गर्न सक्ने जंगीअड्डाले बताएको छ । आवेदकसँग कम्तिमा १० वर्ष व्यावसायिक अनुभव आवश्यक पर्नेछ भने ५ वर्ष रोडरहाइवे/एक्सप्रेस वे प्रोजेक्टमा काम गरेको अनुभव समेत चाहिन्छ ।

यस्तै, आयोजनाका लागि १ जना टनेल इन्जिनियर समेत माग गरिएको छ । १० वर्षको व्यावसायिक अनुभव भएको व्यक्तिले आवेदन गर्न सक्ने छन् । यसका लागि कम्तिमा हाइड्रोपावर टनेल पुरा गरेको अनुभव चाहिन्छ भने ३ वर्षसम्म टनेलमा काम गरेको अनुभव चाहिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस