१० लाख नाघ्यो स्वतन्त्र पार्टीको समानुपातिक मत  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१० लाख नाघ्यो स्वतन्त्र पार्टीको समानुपातिक मत 


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको चालू मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत पाएको छ।

अहिलेसम्म स्वतन्त्र पार्टीले १० लाख आठ हजार मत ल्याएको छ। निर्वाचन आयोगका अनुसार, ८८ लाख ९५ हजार मत गणना भएको छ। मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ।

सबैभन्दा पहिलो स्थानमा रहेको नेकपा (एमाले)ले २४ लाख ४२ हजार मत ल्याएको छ। नेपाली काँग्रेसको मत एमालेको तुलनामा करिब एक लाख २० हजार कम छ। काँग्रेसले २३ लाख १९ हजार मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले १० लाख १६ हजार मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख २७ हजार मत पाएको छ।

जनता समाजवादी पार्टी, नेपालले पनि समानुपातिक प्रणालीको ११० सीटमा हिस्सा पाउने निश्चित भएको छ। जसपाले तीन लाख तीन हजार मत पाएको छ।

नेकपा (एकीकृत समाजवादी) समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ पार गर्न सङ्घर्षरत छ। यसले अहिलेसम्म दुई लाख ३९ हजार मत पाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस