माइतीघर मण्डलामा लैङ्गिक हिंसाविरुद्ध नाटक प्रदर्शन  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माइतीघर मण्डलामा लैङ्गिक हिंसाविरुद्ध नाटक प्रदर्शन 


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्‍यालीको आयोजना गरिएको छ । 

आइतबार माइतीघर मण्डलामा सो कार्यक्रमको आयोजना गरिएको हो । महिलामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको महासङ्घले जनाएको छ ।

सो कार्यक्रम अन्तर्गत सचेतनामूलक पर्फमेन्स आर्ट आयोजना गरिएको छ भने कलाकारहरूले नाटक प्रदर्शन गरेका थिए। आभा फर क्रियटिभिटि समूहले ‘निर्दोष पंछि’ नामक नाटक प्रदर्शन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस