बाजुराको​​​​​​​ बुढीनन्दा -५ मा आज मतदान  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुराको​​​​​​​ बुढीनन्दा -५ मा आज मतदान 


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थगित भएको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मतदानस्थलमा शनिबार पुनः मतदान गराउँदै छ । 

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मतदानको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘बिहीबार नै मतदान अधिकृत र सुरक्षाकर्मीको टोली पुगिसकेको छ । सर्वदलीय बैठकपछि सौहार्दपूर्ण वातावरण छ । सबैको सहयोग छ । शान्तिपूर्वक चुनाव सम्पन्न हुन्छ,’ उनले भने । 

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी खटाइएको पौडेलले जानकारी दिए । ‘दुइटा एसपीसहित सुरक्षाकर्मीको नयाँ टोली गएको छ । बाहिर सुरक्षा घेरा राम्रो छ । भित्र कर्मचारीको टिम पनि फरक गएको छ । सबै तयारी चुस्त छ,’ उनले भने । 

 निर्वाचनका क्रममा भएको हिंसात्मक घटनाको अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ । मतदानको दिन झडपमा परेर दुई जनाको मृत्यु र एक प्रहरीसहित चार जना घाइते भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस