पूर्व मुख्यमन्त्री राईलाई पराजित गर्दे माओवादीका सुदन किराँती विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्व मुख्यमन्त्री राईलाई पराजित गर्दे माओवादीका सुदन किराँती विजयी


९ मंसिर २०७९, शुक्रबार


भोजपुर । भोजपुरमा प्रदेश नं १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  उनले राईलाई २ हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन् । 

किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन् । उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो । भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात तथा प्रदेशसभा (२) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस