सुनसरी-३ मा दोस्रोमा उक्लिए गच्छदार « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सुनसरी-३ मा दोस्रोमा उक्लिए गच्छदार


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सुनसरी ३ मा नेकपा (एमाले) की उम्मेदवार भगवती चौधरीले अग्रता कायम राखेकी छन्। प्राप्त पछिल्लो मत परिणाम अनुसार चौधरीले ९४६९ मत पाएकी छन्।

बिहीबार बिहानसम्म तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका विजयकुमार गच्छदार अहिले दोस्रोमा उक्लिएका छन्। उनले ५३७२ मत पाएका छन्।

यसअघि दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली तेस्रो स्थानमा झरेका छन्। उनले ४७२० मत पाएका छन्। मतगणना जारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस