रवि लामिछानेको मत काँग्रेस र एमाले दुवैको भन्दा बढी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रवि लामिछानेको मत काँग्रेस र एमाले दुवैको भन्दा बढी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना दुई जना प्रतिस्पर्धीले ल्याएकोभन्दा बढीले मत ल्याइरहेका छन्।

निर्वाचन आयोगका अनुसार यहाँ लामिछानेको मत काँग्रेस र एमालेको संयुक्त मतभन्दा बढी छ।

अहिलेसम्म लामिछानेले २८ हजार ८ सय ९९ मत ल्याएका छन्। जबकि दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेश श्रेष्ठको ११ हजार १ सय ८३ र तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलको ११ हजार २१ मात्र छ। एमाले र काँग्रेसको मत जोड्दा २२ हजार २ सय ४ हुन्छ।

लामिछाने आफ्ना निकट प्रतिस्पर्धी काँग्रेसका श्रेष्ठभन्दा १७ हजार ७ सय १६ मतले अगाडि छन्।

Tags :
प्रतिक्रिया दिनुहोस