कञ्चनपुर १ मा विना मगर दोब्बर मतले पछाडि, २ र ३ मा काँग्रेसको अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कञ्चनपुर १ मा विना मगर दोब्बर मतले पछाडि, २ र ३ मा काँग्रेसको अग्रता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र १ मा एमाले, २ र ३ मा काँग्रेसले अग्रता लिएको छ। सोमबारदेखि जारी मतगणना अनुरूप क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका तारा लामा तामाङ माओवादीकी विना मगरभन्दा दोब्बर मतले अघि छन्।

तामाङले ३ हजार ७०३ ल्याएका छन् भने मगरले १ हजार, ७ सय ४४ मत ल्याएका छिन्। कञ्चनपुर २ मा काँग्रेसका एनपी साउदले एमालेका नरबहादुर धामीलाई पछ्याउँदै अग्रता लिएका छन्। साउदले ५ हजार ४१८ र धामीले ४ हजार ७४७मत ल्याएका छन्। 

कञ्चनपुर ३ मा काँग्रेसका रमेश लेखकले दोब्बर मतको अग्रता लिएका छन्। लेखकले ९ हजार ९ सय २१ र एमालेकी निरुदेवी पालले ५ हजार ७५३ मत ल्याएकी छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस