कृषि विकास कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कृषि विकास कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर 


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय बाराका प्रमुख होमेन्द्र गुरमैताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख एवं बाली संरक्षण अधिकृत गुरमैतासहित ६ जनाविरुद्ध मुद्धा दायर गरिएको हो । 

गुरमैता र लेखा अधिकृत अवधेश नन्दन बर्माले २०६५/०६६ मा कृर्षी उपज बजार सेड निर्माण कार्य पीपरपाती बाराका लागी नापी किताव तथा कार्य सम्पन्न प्रतिवेदन विना उपभोक्ता साझेदारी रकम कट्टा नगरी रु. ६ लाख २५ हजार ५५२ रुपैयाँ ९ पैसा भुक्तानी गरी हिनामिना गरेको अख्तियारले जनाएको छ । 

सोही योजनामा उपभोक्ता समितिको सञ्चालक समितिमा रहेर काम गर्ने तत्कालीन योजनमा अधिकृत राम दयाल ठाकुर, समिति सदस्य सुरेन्द्र कुमार सिंह, विनय कुमार सिंह र प्रमोद प्रसाद यादवविरुद्ध पनि मुद्धा दायर गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस