बाजुरामा प्रहरीको गोली लागेर १ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

 बाजुरामा प्रहरीको गोली लागेर १ जनाको मृत्यु


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सुरेन्द्र ऐडीको मृत्यु भएको प्रहरी स्रोतले  जनाएको छ । 

प्रहरीका अनुसार अनुसार गोली चलेपछि आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन्। घाइतेहरूको पहिचान हुन सकेको छैन। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस