मतदानको पूर्वनिधारित समय सकियो, केही ठाउँमा अझै मतदान जारी  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मतदानको पूर्वनिधारित समय सकियो, केही ठाउँमा अझै मतदान जारी 


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयन गर्न मतदानको पूर्वनिर्धारित समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । देशका अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

यद्यपि ५ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरिसकेका मतदाताहरूले केही अबेरसम्म मतदान गर्न पाउने छन् । केही मतदान स्थलमा विवादका कारण रोकिएकाले ती स्थानमा मतदान गराउने प्रयास जारी छ ।

दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका स्थानमा मतदान रोकिएको छ । ती स्थानमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरस्थित पातु बनगाउँ मतदान केन्द्रमा बेलुका सात बजेसम्मै मतदानको समय तोकिएको छ ।

मतदान सम्पन्न भएका स्थानबाट मतपेटिका सङ्कलनको काम जारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने जानकारी दिए ।

दुर्गम हिमाली क्षेत्रका जिल्लाबाट भने मतपेटिका सङ्कलन गर्न समय लाग्ने भएकाले सोमबारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम स्थानका जिल्लाहरूमा हेलिकोप्टरबाट मतपेटिका सङ्कलनको व्यवस्था मिलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस