ताप्लेजुङको फूलबारी मतदान केन्द्रमा झडप, ४ राउन्ड हवाई फायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ताप्लेजुङको फूलबारी मतदान केन्द्रमा झडप, ४ राउन्ड हवाई फायर


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेको फूलबारी मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । 

विवादपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए । झडप नियन्त्रणका लागि चार राउन्ड हवाई फायर र लाठी चार्ज गर्नुपरेको उनले बताए । 

झडपका कारण केही समयका लागि मतदान रोकिएको प्रजिअ पोख्रेलले बताए । रोकिएको मतदान सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ ।   

यसैबीच ताप्लेजुङमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस